Techie IT
  • १० वैशाख २०८१, सोमबार
Jhilko

आफ्नै घर हुने नेपाली ८६ प्रतिशत, भाडामा बस्ने १२ दशमलव ८ प्रतिशत


काठमाण्डौं, १० चैत । नेपालमा कुल परिवार सङ्ख्या ६६ लाख ६६ हजार ९ सय ३७ रहेको छ ।

नेपालको १२औँ राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजाले परिवार सङ्ख्या ६६ लाख ६६ हजार ९ सय ३७ देखाएको छ । यसमा आफ्नै घर हुने ८६ प्रतिशत रहेको छ भने भाडामा बस्ने १२ दशमलव ८ प्रतिशत छ । साथै संस्थागत शून्य दशमलव ६ र अन्य शून्य दशमलव ७ प्रतिशत रहेका छन् ।

एउटा घर परिवारमा चार जनाभन्दा बढी बस्ने गरेको पनि तथ्याङ्कमा उल्लेख छ । विवरण अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ ।

नेपालमा पुरुषभन्दा महिलाको जनसङ्ख्या ६ लाख ५७ हजारले धेरै छ । यस पटक बाग्मती र मधेस प्रदेशमा झण्डै २१ प्रतिशत जनसङ्ख्याको बसोबास छ । जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ ।

त्यस्तै, भक्तपुरमा सबैभन्दा बढी जनसङ्ख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसङ्ख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९ सय २८ जना अन्य लिङ्गीको बसोबास रहेको छ


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट