Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राष्ट्रिय जनगणनाको तथ्याङ्कले भन्छ : २३ प्रतिशत नागरिक अझै निरक्षर


काठमाण्डौं, १० चैत । सरकारले सबै नागरिकलाई साक्षर बनाउने नीति लिए पनि २३ प्रतिशत नागरिक अझै निरक्षर रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार साक्षरता दर ७६ दशमलव २ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३ दशमलव ६ प्रतिशत छ र महिलाको साक्षरता दर ६९ दशमलव ४ प्रतिशत छ । सहरी क्षेत्रमा ७८ दशमलव ५ प्रतिशत र ग्रामीण क्षेत्रमा ७१ दशमलव ९ प्रतिशत जनसङ्ख्या साक्षर रहेको तथ्याङ्कले देखाएको छ ।

५ वर्ष वा त्योभन्दा बढी उमेरको साक्षरता दर ७६ दशमलव ३ प्रतिशत रहेको छ । कुल जनसङ्ख्याको १९ दशमलव ५ प्रतिशतले कम्तीमा १२ कक्षा पास गरेको तथ्याङ्कले देखाएको छ । कुल साक्षर जनसङ्ख्याको सबैभन्दा बढी २८ दशमलव ७ प्रतिशतले प्राथमिक तह पास गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट