Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौं महानगरको चेतावनी


काठमाडौं, ११ चैत । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना सात दिनभित्र हटाउन चेतावनी दिएको छ । तर तोकिएको समय अवधिमा नहटाइए महानगर आफैंले ती संरचना हटाउने र त्यसरी हटाउँदा लाग्ने खर्च निर्माणकर्ता स्वयंबाट भुक्तान गराइने महानगरले जनाएको छ ।

नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा निर्माण तथा अनधिकृत रूपमा निर्माण भएका संचरना हटाउन भन्दै महानगरले सूचना निकालेको हो ।

महानगरले शनिबार निकालेको सूचनामा भनिएको छ, ुकाठमाडौं महानगरपालिका क्षेत्रभित्रका नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रूपमा कब्जा गरी भोगचलन गरिरहेका सम्बद्ध सबै सरोकारवालाहरूलाई सात दिनभित्र ती संरचनाहरू हटाई अन्यत्र लैजान सूचित गरिन्छ ।ु

महानगरले पटकपटक सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना निर्माण गर्नेलाई हटाउन आग्रह गर्दै आएको छ । यस्तै, अनधिकृत संरचना नहटाएमा स्थानीय सरकार सञ्चाल ऐन २०७४ तथा विषय सम्बद्ध अन्य प्रचलित कानुन बमोजिम हटाइने र हटाउँदा लाग्ने खर्चसमेत पुनः सम्बन्धित पक्षबाटै असुल उपर गरिने समेत चेतावनी दिएको छ ।

यसअघि महानगरले थापाथलीस्थत वाग्मती करिडोरमा रहेको सुकुम्बासी बस्‍ती जबर्जस्ती हटाउन खोज्दा स्थानीयहरूसँग झडप भएको थियो ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट