Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

भरतपुरमा ट्रकको ठक्करबाट कारमा सवार पाँच जना घाइते


चितवन, १२ चैत । चितवनको भरतपुर महानगरपालिका–२९, चौध किलोमा ट्रकको ठक्करबाट कारमा सवार पाँच जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा पठाइएको छ ।

घाइतेमध्ये नवलपरासी बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिका–१४ का ४३ वर्षीय टेकप्रसाद न्यौपानेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

हिजो बेलुका करिब ८ बजे नारायणगढ–मुग्लिङ सडकखण्डमा लु१ख ८२६६ नम्बरको कवाडी सामान बोकेको ट्रकले बा२१च ३७१५ नम्बरको कारलाई ठक्कर दिएको थियो । दुर्घटनालगत्तै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीचौकी जुगेडीले जनाएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट