Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्न प्रदान


काठमाण्डौं, १२ चैत । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

आइतवार आज सिंहदरबारमा रहेको गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको हो। उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गएको शुक्रवार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट