नवलपरासीको विनयीत्रिवेणीमा नौ वटा बेवारिसे बम भेटियो

नवलपरासी । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । जङ्गलमा चौपाया चराउन गएका किसानहरूले हिजो दिउँसो बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम फेला परेको हो ।
बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिकै रहेको बारीमा ती बमका गोला देखेका हुन् ।
भारतीय सेनाका पूर्वसैनिकसमेत रहेका सरामुका अनुसार ती ८१ एमएममोटरको बम (गोला) हुन् । साथै पाँच हजार दुई सय मिटर रेन्ज काटी बम जमिनमा विस्फोट हुँदा एक सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुको दाबी छ ।
ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया