Techie IT
  • १० वैशाख २०८१, सोमबार
Jhilko

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै वसन्ती छठको समापन


काठमाडौं । तराईरमधेसमा मनाइने वसन्ती छठ अर्थात् चैती छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको छ ।

षष्ठी तिथिका दिन हिजो निराहार व्रत गरी बेलुका पवित्र जलाशयमा बनाइएको घाटमा गएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका व्रतालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएर अर्घ्य दिएर व्रत समापन गरेका छन् ।

मिथिला क्षेत्रमा यो पर्व चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन व्रत बसेर विभिन्न विधिका साथ मनाउने गरिन्छ । यसअघि शनिवार चैत शुक्ल चौथी ९चतुर्थी० का दिन ‘नहाय–खाय’ अर्थात् नुहाएर शुद्ध खाने विधिबाट पर्व सुरु भएको थियो । पञ्चमी तिथिमा अस्ति व्रतालुले ‘खरना’ विधि गरेका थिए ।

तराई मधेसमा कात्तिक र चैतमा दुई पटक छठ मनाउने गरिन्छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट