Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बैतडीमा चिरपटले हानेर तीन वटा गाई मारेको अभियोगमा एक जना पक्राउ


बैतडी, १४ चैत । बैतडीमा गौहत्याको अभियोगमा एक जना पक्राउ परेका छन्। दोगडाकेदार गाउँपालिका ३ जड्याखालीका ३६ वर्षीय रमेश भूललाई गाई मारेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

मदिरा सेवन गरी सोमबार साँझ आफ्नै घरमा पालेका तीन वटा गाईलाई काठको चिरपटले हानेर मारेको खुलेको प्रहरी निरीक्षक जोशीले बताए। उनलाई सोमबार राती नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट