Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पाँचथरका किसानलाई चैते धान रोप्ने चटारो


पाँचथर, १५ चैत । पाँचथरका किसानलाई यतिखेर चैते धान रोप्ने चटारो छ । यो बेला रोपिने धान असार अन्तिममा पाक्छ । फागुन पहिलो साता राखिएको धानको बीउ यो बेला तयार भइसक्छ ।

चैत लाग्दैदेखि रोपाइँको चटारो सुरु भएर महिनाभरि नै जारी रहन्छ । मध्यवर्षामा पाक्ने यो धानले साउने संक्रान्ति, तीज, दसैं, तिहार, छठ र उँधौलीसम्मका सबै चाडपर्व धान्ने भएकाले स्थानीयको जनजीवनमा यसको धेरै महत्त्व भएको फिदिम–४ का जितबहादुर यवा बताउँछन् ।

यो धानको उत्पादन असारे धानको तुलनामा धेरै हुन्छ । महिला, पुरुष खेतीमा बरोबर खटिएका हुन्छन् । रोपाइँका लागि पुरुष मल छर्न, जोत्न, हिलोआली गर्न, दाँते लगाएर गरा सम्याउन र फ्याउरी लगाएर हिलो माटो मिलाउनमा व्यस्त हुन्छन् । बीउ काढ्न र गरासम्म बीउका मुठा पुर्‍याउन अनि तयार पारिएको खेतमा धान रोप्न स्थानीय महिला तल्लीन हुन्छन् । घरदेखि खेतसम्मको जिम्मेवारीले परिवारका महिला सदस्यलाई बोल्नेसमेत फुर्सद हुँदैन ।


क्याटेगोरी : कृषि, जनमञ्च, समाचार, कोशी प्रदेश
ट्याग : #ropai

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट