Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध


काठमाण्डौं, १५ चैत । पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज सूचना निकालेर पशुपति क्षेत्रमा प्लाष्टिक र प्लाष्टिकजन्य वस्तुलाई निषेध गरेको जनाएको छ ।

प्लाष्टिकजन्य वस्तुको प्रयोगले पपशुपति क्षेत्रमा फोहोर बढेको भन्दै कोषले अब पशुपति क्षेत्रमा प्लाष्टिकजन्य सामग्री नलैजान पनि आग्रह गरेको छ । कोषले ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियानमा जुट्न पनि सबैलाई आग्रह गरेको छ । यस्तै, कोषले पशुपति क्षेत्रमा हरेक शनिबार दिनको दुई घण्टा विशेष सरसफाई भइरहेको पनि जनाएको छ ।

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट