Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

अनलाइनमार्फत् ठगी गर्ने नौ जना चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ


काठमाडौं, १५ चैत । अनलाइनमार्फत् ठगी गर्ने नौ चिनियाँसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध महाशाखाले उनीहरूलाई बुढानिलकन्ठको वडा २ महादेवखोला, काठमाडौं महानगरपालिका ४ चण्डोलबाट पक्राउ गरेको हो।

चिनियाँ नागरिकहरूले अवैधरूपमा अफिस सञ्चालन गरी सामाजिक सञ्जाल वाट्सएपमा विभिन्न व्यक्तिहरूसँग कुराकानी गरी अनलाइनमार्फत् बिजनेसबाट ठूलो रकम फाइदा हुन्छ भनी टेलिग्राम र अप्रेशन टिचर नामक च्यानलमार्फत् अनलाइन कक्षा सञ्चालन गरी विभिन्न प्रलोभनमा पारी ठगी गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ह्वाङ ह्वान रोङ, स्यू फुस्याङ, लान चङ वे, से कोव इ, से स्वाङ ति, काव मिङ, हौ फिङ विङ, छन तुर लिन र लि च्या होङ रहेका छन्।

त्यस्तै पक्राउ पर्ने नेपालीमा दोलखा घर भई बुढानिलकन्ठ बस्ने बुद्धिराज श्रेष्ठ, नुवाकोट घर भएका सोबितमान तामाङ, नुवाकोटकै इन्द्र तामाङ, काठमाडौं बुढानिलकन्ठका प्रयास भण्डारी, दोलखाकै अर्जुन श्रेष्ठ, रामेछापकी रविना सुनार, लमजुङकी सुनिता गुरुङ, मकवानपुरकी जमुना गोले र उदयपुरकी अनिता मगर रहेकी छन्।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट