Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अनलाइनबाट ठगी गरेको आरोपमा ९ चिनियाँ नागरिकसहित १९ जना पक्राउ


काठमाडौं । प्रहरीले अनलाइनबाट ठगी गरेको आरोपमा नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका ४ महादेवखोला र काठमाडौं महानगरपालिका ४ चण्डोल क्षेत्रबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले आज बुधवार सार्वजनिक गरेको हो ।

उनीहरूले काठमाण्डौका विभिन्न ठाउँमा घर भाडामा लिई अनलाइनबाट ठगी गर्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए । यो टोलीले ह्वाट्सएपमा अनलाइनमार्फत व्यवसायमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै नेपाली नागरिकलाई ठगेको पाइएको उनले बताए ।

उनीहरूले नेपाली नागरिकको नाममा बैंक खाता खोलेर पीडितहरूलाई त्यही खातामा पैसा पठाउन लगाउने गरेको पाइएको छ । ठगी गर्ने टोलीले ह्वाट्सएप लगायतबाट अनलाइन कक्षासमेत सञ्चालन गर्दै आएको पाइएको छ ।

पक्राउ परेकाहरूको साथबाट १२ थान ल्यापटप, ७७ थान मोबाइल सेट लगायत विभिन्न उपकरणसहित चार लाख एक हजार आठ सय ८० रुपैयाँ पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट