Techie IT
  • २४ मंसीर २०८०, आईतबार
Jhilko

थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


काठमाडौं, १६ चैत । थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ९१५ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३०० र एन्टीजेनबाट ६१५ नूमना परीक्षण गर्दा पीसीआरबाट ३७ र एन्टिजेनबाट ५ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा १७ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १२३ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट