Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विमानस्थलका अधिकारीहरुलाई मन्त्री किरातीले सोधे १२ प्रश्न : जवाफ बोलेर, लेखेर होइन परिणाममा चाहियो !


काठमाडौं, १६ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानस्थलको व्यवस्थापन र सुधारका लागि आकस्मिक बैठक राखेका छन्।

विमानस्थलका उच्च अधिकारीहरूसँग मन्त्रीले अहिलेसम्म भइरहेका प्रगतिबारे परिणाममा जवाफ खोजेका छन्। मन्त्री किरातीले यात्रुका ब्यागेज चोरिएको, समयमा जहाज नउड्नेदेखि विमानस्थलमा कुकुर र बाँदर पसेका विषयसम्म व्यवस्थापन पक्षसँग जवाफ मागेका छन्।

बैठकपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक बैठक बसी निम्न प्रश्नको जवाफ मागेको छु, अब उत्तर बोलेर, लेखेर होइन परिणाममा खोजेको छु।’

यस्तो छ मन्त्री किरातीले उठाएका १२ प्रश्न

१, ब्यागेज चोरिएको घटनाहरू सत्य हो ?

२, अराइभलमा यात्रु लड्ने विद्युतीय भर्या‍ङ्ग के हुँदैछ, कहिले सम्म बनिसक्छ ?

३, सरसफाइ अभियान के कस्तो चल्दै छ ?

४, समयमा जहाज उड्दैछ कि छैन ?

५, यात्रुमैत्री एयरपोर्ट बन्दै छ कि छैन ?

६, एयरपोर्टभित्र महङ्गी नियन्त्रण भयो कि भएन ?

७, ब्रेकबिनाको ट्रली फेर्ने काम कहाँ पुग्यो ?

८, शौचालय भित्र बजि रहेको सङ्गीत किन बन्द भयो ?

९, महिला शौचालयमा सेनिटरी प्याड राख्ने काम के भयो ?

१०, एयरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो ?

११, एयरपोर्टभित्र कुकुर र बाँदर कसरी पस्यो ?

१२, एयरपोर्टभित्र वाईफाई प्रभावकारी किन चल्दैन ?


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #breaking, #sudan kirati

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट