Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


सर्लाही । सर्लाहीको हरिपूर्वामा बिहीवार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ज्यान जानेमा लालबन्दी नगरपालिका वडा नम्बर १७ का ३४ वर्षीय प्रमेश्वर महतो र ४० वर्षीय चरित्र काफ्ले रहेका छन् । हरिपूर्वाबाट दक्षिणतिर जाँदै गरेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक पल्टिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

मृतकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।

 


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट