Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पत्रकारिताले देश परिर्वतन गर्न भूमिका खेल्यो, अझै पनि चनाखो हुनु पर्छ : सञ्चारमन्त्री शर्मा


बुटवल, १७ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने बताएकी छिन् । लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन २०७९ लाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वि.सं. २००७ साल देखि ०६२/६३ सालको आन्दोलनसम्म पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको बताइन् ।

नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसमा ‘मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार : श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा मन्त्री शर्माले राजनीतिक पार्टीको अवस्था परिवर्तन गर्ने, मौलिक हकका कुरा कार्यान्वयन गर्ने चरणमा रहेको बताइन् ।

“मिडियाले सँधै खबरदारी गर्नुपर्छ । राजनीतिक दलले उपलब्धिलाई संस्थागत गर्नुपर्छ । पत्रकारिताले परिर्वतन गर्न भूमिका खेल्यो अझै पनि चनाखो हुनु पर्छ । कानुन बन्न बाँकी छ बन्यो भने घेराबन्दी हुने अवस्था छ,” उनले भनिन्, “सबैको भूमिका बदलिएकाले खबरदारी आवश्यक छ । बहुविवाह बर्जित छ तर एउटा विज्ञापनमा कानुन विपरित प्रचार गरिएको छ ।”


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #rekha sharma

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट