Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

२४ घण्टामा १ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा एक सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप चार जना कोरोना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ६३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज फेरि बढेको हो । यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४, चैत १४ गते २४ र चैत १३ गते ६९ जनामा सङ्क्रमण देखिएको थियो ।

कोरोना सङ्क्रमण बढेसँगै मन्त्रालयले अतिरिक्त मात्रा ९बुस्टर डोज० लगाउन आग्रह गरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट