Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना


काठमाडौं । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । अहिले देशभरकै मौसम सामान्यदेखि आशिंकरुपमा बदली रहेको छ ।

अहिले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँ, कोशी प्रदेशका थोरै र बाँकी प्रदेशका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि काठमाण्डौ उपत्यकासहित कोशी, वाग्मती र गण्डकीमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज उच्च पहाडी तथा हिमाली थोरै ठाउँहरुमा हल्का हिमपातको पनि सम्भावना छ । आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली नै रहनेछ । देशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । हिजो पनि काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको थियो । भोलिदेखि भने मौसममा विस्तारै सुधार हुने अनुमान छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट