Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

दोलखामा ट्रकको ठक्करबाटबाट मोटरसाइकल चालकको मृत्यु


चरिकोट, १८ चैत । दोलखामा ट्रकको ठक्करबाटबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको भीमेश्वर नगरपालिका–६ चोथाङमा शनिवार बिहान ट्रकको ठक्करबाटबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा काभ्रेपलान्चोक महाभारत गाउँपालिका–८ घर भई भीमेश्वर नगरपालिका–६ बस्ने अन्दाजी २० वर्षीय राजु मगर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौँतर्फ गइरहेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरीत दिशा तर्फबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार धनुषाका अभिषेक शाह सख्त घाइते भएको प्रहरीले जनाएको छ । उनको च्छो रोल्पा अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट