Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पछिल्लो २४ घण्टामा थप ३८ जना कोरोना संक्रमित भेटिए


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८ जना कोरोना संक्रमित भेटिएका छन् । देशभरका विभिन्न प्रयोगशालाहरुमा ६५६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यो तथ्याङ्क ३ दिनको एकमुस्ट विवरण हो ।

यही अवधिमा थप ७ जना निको पनि भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सङ्क्रमितको सङ्ख्या १ सय ७१ पुगेको छ । मन्त्रालयका अनुसार थप ५१ हजार ९९८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट