Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

मकवानपुरको मनहरीमा भालुको आक्रमणबाट दुई जना घाइते


मकवानपुर, १९ चैत ।मकवानपुरको मनहरीमा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्। भालुको आक्रमणबाट मनहरी(६ का ४३ वर्षीय बलबहादुर राई र सोही स्थानका ३५ वर्षीय जय राई घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।

उनीहरुलाई शनिबार बिहान मनहरी–६ प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुन्ज बफरजँङको जंगलमा भालुले आक्रमण गरेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले बताए।

राईद्वय जंगलमा हराइरहेका गाईभँसी खोज्न गएका थिए। घाइतेको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ।


क्याटेगोरी : समाचार, स्वास्थ्य, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट