Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रविधिको विस्तारसँगै दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, १९ चैत । प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक गतिशील राष्ट्रलाई जहिल्यै दक्ष जनशक्तिको आवश्यकता परिरहने बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले त्यसका लागि विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकता एवम् अन्तर्राष्ट्रिय श्रमबजार समेतलाई ध्यानमा राखेर हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिन आवश्यक रहेको बताएका हुन् ।

‘विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रमहरूमा दिगो विकास, वातावरण संरक्षणबारे गहन् अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ’, उनले भने, ु’प्रविधिमा भइरहेको तीव्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहन्छ ।’

 


क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट