Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

एसियन फुड स्टोर ढुङ्गेअड्डामा प्रहरीको छापा


काठमाडौं । एसियन फुड स्टोर ढुङ्गेअड्डामा प्रहरीले छापा मारेको छ । आर्किड कोलोनीमा रहेको स्टोरबाट छापा मारेर म्याद गुज्रिएको हरियो केराउ बरामद गरेको प्रहरीले जनाएको छ ।

म्याद गुज्रिएको केराउ ‘रि–लेबलिङ’ गरेको आरोपमा प्रहरीले केराउको कारोबार गर्ने मध्येका रितेश अग्रवालसहित ४ जनालाई पक्राउ गरेको हो । क्यानडामा उत्पादन भएको भनेर आरोपीहरूले म्याद गुज्रिएको हरियो केराउ रि प्याकिङ गरेको प्रहरीको भनाई छ ।

केराउ कारोबारी मध्येका रोहित अग्रवाल फरार छन् । कारोबारीहरूले रि–लेबलिङ गरेर २४० बोरा केराउ बजारमा पठाउन लागेको अवस्थामा छापा मारेको हो । उक्त स्टोरमा करिब ४५ लाखको म्याद नाघेको केराउ भेटिएको पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट