Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

मालपोत कार्यालय बाराका खरिदार घुससहित पक्राउ


बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय बाराका खरिदारसहित दुई जनालाई घुस रकमसहित पक्राउ गरेको छ ।

आज आइतवार आयोगको हेटौँडामा रहेको कार्यालयबाट खटेको टोलीले १५ हजार रुपैयाँ घुससहित मालपोत कार्यालय बाराको रजिस्ट्रेशन फाँटका खरिदार रामविश्वास साह र लेखापढी सहयोगी गौरीशंकर कुशवाहालाई पक्राउ गरेको हो । जग्गा रजिस्ट्रेशन पास गराइदिने भन्दै खरिदार साहले घुस रकम लिएको अख्तियारले जनाएको छ ।

घुससहित मालपोत कार्यालय परिसर नजिकै रहेको पसलबाट पक्राउ परेका साह र कुशवाहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट