Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सर्लाहीमा काट्दै गरेको रुखले किचेर एक महिलाको मृत्यु


सर्लाही २० चैत । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका वडा नं ६ खुटौनामा रुख ढाल्दा बाटोमा हिँडिरहेकी एक महिलाको किचिएर मृत्यु भएको छ ।

सोमबार बिहान ११ः३० बजेतिर बाटो छेउमा रहेको मसलाको रुख काट्दै गर्दा अचानक रुख ढलेर किच्दा अन्दाजी ४५/५० वर्षको जस्तो देखिने पैदलयात्रु महिलाको मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन ।

उनी तराई मुलको जस्तो देखिएको प्रहरीको भनाई छ । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार मृतक महिलालाई स्थानीयले चिनेका छैनन् । मृतकको साथबाट भारतीय रुपियाँ बरामद भएकाले उनी नेपालस्थित आफन्तकहाँ आएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरी नायब उपरीक्षक राईले मृतकको परिचय खुलाउन प्रहरी परिचालन भइरहेको बताए । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । लापरबाही ढङ्गले रुख लढाउने व्यक्ति फरार भएका छन् । रुख काट्ने व्यक्तिको पनि खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट