Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बौद्ध महास्तुपमा तेमाल जात्रा


काठमाडौं, २२ चैत । बौद्ध महास्तुपमा तेमाल जात्रा भइरहेको छ। हरेक वर्ष चैत पूर्णिमाको अघिल्लो दिन लाग्ने मेलामा आज बिहानैदेखि बौद्ध धर्मावलम्बीको घुइँचो लागेको छ।

चैत्र शुक्ल चतुर्दशीमा बौद्धमा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु २२ धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गरी मनाइने दुईदिने जात्रालाई तेमाल जात्रा भनिन्छ ।

यो जात्रा विशेषगरी तामाङ समुदायको धार्मिक आस्थासँग गाँसिएको छ। तामाङ समुदायले दिवंगत आफन्तको चीरशान्तिका लागि बौद्ध महास्तूपमा बत्ती बाल्दै लामा गुरुद्वारा विशेष पूजापाठ गर्छन्। यो जात्रामा सहभागी हुन काभ्रे, दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्ला र काठमाडौं उपत्यकाबाट मानिस भेला हुन्छन् ।

जात्रामा सहभागी हुने भक्तजनको सहजताका लागि बौद्धनाथ क्षेत्र विकास समिति र स्थानिय विभिन्न संघसंस्थाले पूजापाठका लागि पाल, खानेपानी, स्वास्थ्य शिविरलगायको प्रबन्ध गरेको जनाएका छन् ।

 


क्याटेगोरी : समाचार, साहित्य, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट