Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

चिनी हालेको चियाले स्वास्थ्यलाई के असर गर्छ ?


सुगर भएका व्यक्तिले चिनी हालेको चिया खाने वा नखाने भन्ने विषयमा विभिन्न विचार रहेका छन् । धेरै चिकित्सकले आवश्यकताभन्दा धेरै हुने भएकाले चिनीसहितको चिया नखानका लागि सुझाव दिने गर्छन । चिया पत्ती भन्दा पनि चिनीका बारेमा बहस गर्न जरुरी हुन्छ । चिनी हाम्रो दैनिक जीवनमा नभई नहुने पदार्थमा पर्छ । चिया होस वा मिठाइ सबैमा चिनी नै मुख्य पदार्थ हो । स्वादमा गुलियो भए तापनि स्वास्थ्यका दृष्टिले चिनीलाई अत्यन्त तीतो खाद्यान्न मानिन्छ । यसैले होला आधुनिक पोषणशास्त्रीहरूले यसलाई खानेभन्दा पनि छोड्ने वस्तुको सूचीमा राखेका छन् । साथै धेरैले यसलाई छोड्न पनि थालिसकेका छन् ।

अधिकांश जङ्कफुड, फास्टफुड र प्रोसेस्ड फुडमा चिनी मिसाइएको हुँदा हामी जानी नजानी चिनी खाइरहेका हुन्छौं । चिनी हालेपछि खानेकुराहरूको स्वाद, आकर्षण, आयु र बनावट राम्रो हुने हुँदा धेरैजसो व्यापारिक प्रयोजनको खानेकुरामा चिनी हालिएको हुन्छ । यति मीठो मानेर खाइने चिनीको गुणभन्दा धेरै दोषहरू छन् । तर, चिनीको सेवन गर्दा हामीले यी सबै तथ्यहरूको ख्याल राख्ने गर्दैनौं । फलतः हामी जानी नजानी अनेकौं समस्यामा फसिरहेका हुन्छौं ।

चिनीका सकरात्मक भन्दा धेरै नकरात्मक प्रभाव धेरै

चिनी हामी कसलाई मन पर्देन होला र ? जसको स्वाद नै एकदमै गुलियो हुन्छ । चिनी हामीले चिया, कफी लगायत विभिन्न मिठो खानाको लागि प्रयोग गर्ने गर्छौँ । तर, यसका फाइदाहरु तपाईहरुलाई थाहा नहुन सक्छ । यसले खानालाई मीठो स्वाद दिलाउने मात्र नभई मानिसको सौन्दर्यमा समेत सकारात्मक प्रभाव पार्ने गर्छ । चिनीको प्रयोगले मानिसको पोतो र कालो दागलाई हटाउनु समेत सहयोग गर्छ । कागतीको रस र चिनी मिसाएर अनुहारमा लगाउनाले अनुहारको पोतो र कालो दागलाई हटाउन सहयोग गर्छ ।

चिनीको प्रयोगले अनुहारको चाउरीपन हटाउँछ । चिनी, एलोवेरा जेल र दूध मिसाएर लगाए अनुहारको चाउरीपन केही हदसम्म कम हुन्छ । घामले डढेको छालालाई समेत चिनी उपयोगी हुन्छ । चिनी, गोलभेंडाको जुस र बेसन मिसाएर प्रयोग गर्नाले अनुहारको घामले डढेको छालालाई राम्रो गर्छ । हप्तामा तीन पटक प्रयोग गर्नुहोस् जसले घामले डढेको छालालाई गोरो र चम्किलो बनाउँछ । चिनीको प्रयोगले कालो ओठलाई गुलाबी बनाउन समेत मद्दत गर्छ । चिनी, ओलिव ओइल र कागतीको रस मिसाएर ओठमा लगाए यसले कालो ओठलाई गुलाबी ओठ बनाउन सहयोग गर्छ ।

मुटुरोग : संसारमा प्रत्येक वर्ष एक करोड ७७ लाख मानिसको मुटु रोगका कारण ज्यान जाने गरेको छ । मुटु रोगहरूको एउटा जोखिम कारक तत्व चिनीको सेवन पनि हो । लामो समयसम्म चिनीको सेवन गरिरहँदा तौल बढ्ने, रक्तनलीका भित्री पत्र सुन्निने, कोलेस्ट्रोल र ट्राइग्लिसिराइड बढ्ने, रक्त ग्लुकोज र रक्तचाप बढ्ने, तनाव, चिन्ता, भए र उदासिनता बढ्ने जस्ता मुटु रोगको जोखिम कारक समस्याहरू थपिने हुँदा मुटु तथा रक्तनलीको रोग लाग्छ । यसैगरी उच्च मात्रामा चिनीको सेवन गर्दा वा हाइ–फुक्टोज–डाइट लिँदा नशाहरूमा कोलेस्ट्रोल जमेर नशा सागँुरिने अथेरोस्क्लेरोसिस भनिने रोग लाग्छ ।

मधुमेहः संसारभर झण्डै ४५ करोड मानिसहरू मधुमेहको समस्याबाट पीडित छन् । यो संख्या निरन्तर बढ्दै गएको छ । यसरी दिन दुई गुणा रात चौगुणाको दरले यो समस्या बढ्नुको प्रमुख कारक तत्वमध्ये चिनी एवं प्रशोधित चिल्लो पदार्थको सेवनलाई नै लिइएको छ । चिनीको सेवन गर्दा यसरी मधुमेह विकसित हुनुमा लामो समयसम्म चिनी सेवनले निम्त्याएको इन्सुलिन प्रतिरोधकता प्रमुख कारण हो भने चिनीको सेवनले निम्तिने मोटोपन र भुँडी लाग्ने समस्यालाई अर्को कारण मानिएको छ । त्यसैले मधुमेहको समस्यामा पनि प्रमुख पदार्थ चिनी हो । चिनीको सेवन गर्दा हाम्रो रक्त ग्लुकोजको मात्रा बढ्छ । जसको साथसाथै इन्सुलिनको रक्त मात्रा पनि बढ्छ । यसरी लामो समयसम्म यो क्रिया दोहोरिइरहे यसले इन्सुलिन प्रतिरोधकता विकसित गराउँछ । इन्सुलिन प्रतिरोधकताले मधुमेहलाई जन्म दिन्छ ।

फ्याट्टी लिवर : कलेजोमा बोसो जम्ने समस्या आज हरेक घरको समस्या जस्तै बनिसकेको छ र यो समस्या यसरी भयावह हुनुमा चिनी र उच्च फ्रुक्टोज भएका प्रशोधित कार्बोहाइड्रेटसको सेवन मुख्य कारक तत्वहरू हुन् । चिनीको सेवनले कलेजोमा बोसो जम्ने समस्यालाई बढाउँछ । किनकि चिनीमा उच्च मात्रामा फ्रुक्टोज पाइन्छ । फ्रुक्टोज कलेजोका लागि हानिकारक तत्व हो । किनकि फ्रुक्टोजको उपपाचन केवल कलेजोमा मात्र हुने गर्छ जबकि ग्लुकोजको उपपाचन शरीरका सबै कोषहरूमा हुने गर्छ । उच्च मात्रामा फ्रुक्टोजको सेवन गर्दा कलेजोले फ्रुक्टोजलाई ग्लाइकोजनको रूपमा भण्डारण गरेर राख्छ तर लिमिटभन्दा ज्यादा भएमा यो फ्रुक्टोज बोसोको रूपमा कलेजोमै जमेर बस्छ जसलाई हामी फ्याट्टी लिवर रोग भनेर भन्छौं ।

उच्च तौल र मोटोपन : हाल संसारमा रहेका सात अर्ब ८० करोड मानिसहरूमध्ये दुई अर्ब (दुई सय करोड) मान्छेहरूको तौल हुनुपर्नेभन्दा उच्च रहेको छ । ती दुई अर्बमध्ये पनि ६५ करोड मान्छेहरू मोटोपन रोगद्वारा ग्रसित छन् । यसरी अप्रत्यासित रूपमा मोटाउनमा हाम्रो खानपानको मुख्य हात छ र खानपानमा पनि चिनीको सेवनलाई उच्च तौल र मोटोपनको प्रमुख कारक तत्वको रूपमा लिइएको छ । त्यसमा पनि सबैभन्दा ठूलो हात संसारभरि शीतल पेयको रूपमा बेचिने गरिएको उच्च मात्रामा चिनी हालिएका कोकाकोला, पेप्सीकोला, फन्टा, मिरिण्डा, ड्यु जस्ता कार्बोनेटेड ड्रिङ्क, सोडा, बजारिया जुस, इनर्जी ड्रिङ्क आदिको ठूलो हात छ । यी शीतल पेयहरूमा उच्च मात्रामा चिनी वा हाइ–फुक्टोज–कर्न–सिरप वा हाइ–फुक्टोज–राइस–सिरप हालिएको हुन्छ ।

चाया, पोतो र डण्डीफोर आउनेः हुन त चाया पोतो एवं डण्डीफोर अनेकौं कारणले आउने गर्छ । तर, चिनी तथा प्रशोधित कार्बोहाइड्रेटसको सेवन डण्डीफोर आउनुको मुख्य कारण हो । यसो हुनुको मुख्य कारण चिनी एवं प्रशोधित कार्बोहाइड्रेटसको ग्लाइसेमिक इन्डेक्स उच्च हुनाले यी तत्वहरूको सेवन गर्दा रक्त ग्लुकोज वाथ बढ्ने गर्छ । रक्त ग्लुकोजको मात्रा बढेसँगै रक्तइन्सुलिनको मात्रा पनि बढ्छ र इन्सुलिनको मात्रा बढेपछि एन्ड्रोजेनको रक्तमात्रा बढ्ने, अत्यधिक चिल्लो पदार्थ उत्पादित हुने र डण्डीफोर आउने गर्छ ।

क्यान्सरको जोखिमः यसैगरी लामो समयसम्म चिनीको सेवन गर्नाले केही क्यान्सर रोगको जोखिमलाई पनि बढाउँछ । यसो हुनुको मुख्य कारण लामो समयसम्म चिनीको सेवन गरिरहँदा तौल बढ्ने र माटोपन विकसित हुने, शरीरमा अप्रत्यासित रूपले इन्फ्लामेसन भइरहने, इन्सुलिन प्रतिरोधकता विकसित हुने फलतः विभिन्न किसिमका क्यान्सरहरू विकसित हुने गर्छ ।

नैराश्यता : संसारभर साढे २६ करोड जनमानसहरू नैराश्यताको समस्याले ग्रसित छन् । नैराश्यताको समस्या लामो समयसम्म रहिरहेमा मान्छेमा आत्महत्याको चाहना बढ्छ । नैराश्यताका पनि धेरै कारणहरू हुन्छन् । यी कारणहरूमध्ये चिनी एवं प्रशोधित कार्बोहाइड्रेटसको सेवन नैराश्यताको प्रमुख कारण हो । चिनी हालिएको चिया, शीतल पेय, बजारिया जुस, बेकरी उत्पादन, जङ्कफुड, फास्टफुड आदिको सेवन गरिरहँदा यी खानेकुराले हाम्रो मुड खराब गरिरहने हुँदा अन्ततोगत्वा मानिस नैराश्यताको शिकार हुनपुग्छ । यसरी चिनी एवं प्रशोधित कार्बोहाइड्रेटसको सेवनले नैराश्यता जन्माउनुमा चिनी सेवनपश्चात् बढेको रक्तग्लुकोजलाई निवारण गर्न सँगसँगै बढेको रक्त–इन्सुलिन र उच्च रक्त–इन्सुलिनल सँगसँग बढ्ने एन्ड्रोजेन हार्माेनको मात्रा हो । एन्ड्रोजेनलाई स्ट्रेस हार्माेन पनि भनिन्छ ।

बढ्यौलीपनको बढ्दो प्रभावः जिर्ण अथवा बुढ्यौली सबैको जीवनमा घट्ने घटना हो । तर, आजकल धेरै जनामा देखिएको समय नपुग्दै सुरू हुने बुढ्यौली चाहिँ चिनी सेवन र प्रशोधित कार्बोहाइड्रेटसको सेवनसँग सम्बन्धित छ । बुढ्यौली सुरू हुँदा छाला चाउरिने, कपाल फुल्ने, दाँत झर्ने, ज्ञानेन्द्रीयहरूको कार्य क्षमता कम हुनेजस्ता लक्षणहरू देखापर्ने गर्छ र बुढ्यौलीका यी लक्षणहरूलाई बढाउनका लागि चिनी वा प्रशोधित कार्बोहाइड्रेटसको सेवनले मद्धत गर्ने विभिन्न स्वास्थ्य अनुसन्धानहरूले दर्शाएका छन् । यसरी चिनीको सेवनले बुढ्यौली निम्त्याउनुमा चिनी सेवन पश्चात् चिनी र प्रोटिनको प्रतिक्रियाबाट उत्पन्न हुने एड्भान्स–ग्लाइकेसन–एण्ड–प्रोडक्ट नामक जैविक रसायन जिम्मेबार छ । एडभान्स–ग्लाइकेसन–एण्ड–प्रोडक्टले विशेषतः छालाको तान, वर्ण र कान्तिलाई जीवन्त राख्ने कोल्याजीन र इलास्टिन प्रोटिनको नाश गर्ने गर्छ र छाला चाउरी परी चाँडै बूढो देखिन्छ ।

शक्ति क्षीण हुनेः उच्च मात्रामा चिनी हालिएका खानेकुराहरूको सेवन गर्दा चिनीले रक्तग्लुकोज र इन्सुलिन दुवैलाई बढाउने गर्छ । यसरी चिनी सेवन पश्चात् केही क्षणको लागि रक्तग्लुकोज बढ्नाले ऊर्जाको स्तर पनि बढ्छ तर यो स्थिति लामो समयसम्म कायम रहँदैन फलतः ग्लुकोज कम भएसँगै तुरून्त ऊर्जाको स्तर पनि कम भइहाल्छ । यसर्थ लामो समयसम्म ऊर्जास्तर बनाइराख्नका लागि चिनी एवं प्रशोधित कार्बोहाइड्रेटसको सेवन गर्नु हुँदैन । यदि खानुपरेको खण्डमा प्रोटिन र फाइबरयुक्त खानेकुरा पनि साथमा खानुपर्छ ।

मिर्गौलामा खराबीः चिनीको सेवनले मृगौलाको स्वास्थ्यलाई पनि चौपट्ट पार्ने गर्छ । यसो हुनुमा चिनीले रक्तनलीहरूमा इन्फ्लामेसन गराउने र मृगौलाका स–साना रक्तनलीहरूलाई पनि क्षति ग्रस्त बनाइदिने हुँदा मृगौला विकृत हुनपुग्छ ।

दाँतको क्षय : चिनी र प्रशोधित कार्बोहाइड्रेट्सको सेवनले दाँतमा विकृत हुन्छ । यसो हुनुमा चिनी खाँदा चिनीले दाँतका लागि हानिकारक ब्याक्टेरियालाई आकर्षित गर्छन् । यी ब्याक्टेरियाहरूले दाँतलाई सडाइ दिने एसिड उत्पादन गर्छन् र दाँत खराब हुन्छ ।

युरिक एसिड बढ्ने : उच्च मात्रामा चिनीको सेवन गर्ने गर्दा चिनी पाचनपश्चात् ग्लुकोज र फ्रुक्टोजमा टुट्दछ । चिनीको पाचन पश्चात बनेको ग्लुकोज र फ्रुक्टोजमध्ये ग्लुकोजको मेटाबोलिजम सम्पूर्ण कोषहरूमा हुने गर्छ भने फ्रुक्टोजको मेटाबोलिजम केबल कलेजोमा मात्र हुने गर्छ । कलेजोमा फ्रुक्टोज फ्रुक्टोज १ फास्फेटमा परिवर्तन हुन्छ । यस प्रक्रियामा एटीपीको उपयोग भई एडीपी बन्छ र एडीपी पनि पुनः एएमपीमा परिवर्तित हुन्छ र एएमपी पनि आइनोसिनमा परिवर्तित हुँदै युरिक एसिड बन्छ । यसर्थ हामी जति धेरै चिनीको सेवन गर्दछौं त्यति नै धेरै युरिक एसिड बढ्ने समस्याबाट ग्रस्त हुन्छौं ।

विस्मृति र बोध क्षमतामा ह्रास : चिनीको सेवनले रक्त ग्लुकोजको मात्रा बढाउने र रक्तग्लुकोजको मात्रा बढेसँगै इन्सुलिनको मात्रा पनि बढ्ने हुँदा यो स्थितिमा इन्सुलिन प्रतिरोधकता विकसित भएमा मस्तिष्कले ग्लुकोजको उपयोग गर्न नसकेर यसको कार्य क्षमता घट्छ । यसैगरी चिनीको सेवनले मस्तिष्कमा अमाइलाइड प्रोटिन बन्ने क्रिया बढ्ने हुँदा अल्जाइमर रोग पनि लाग्न सक्छ । यसर्थ चिनीको सेवनले विस्मृति र बोध क्षमतामा ह्रास गराउँछ ।

 


क्याटेगोरी : बिचार, समाचार, स्वास्थ्य
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट