Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मोरङबाट एसईईका नक्कली परीक्षार्थी पक्राउ


उर्लाबारी, २२ चैत । प्रहरीले मोरङबाट अर्कैको नाममा एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा बुधबार ग्रामथान गाउँपालिका –२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको हो । लिम्बूले कल्पना लिम्बूको परीक्षा दिइरहेको अवस्थामा भेटेपछि प्रहरीले लिम्बूलाई पक्राउ गरेको हो ।

नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परीक्षार्थी सिम्बल नं. ००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा सुनसरी धरान उप महानगरपालिका वडा –५ की सुस्मिता लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले बताए पक्राउ परेका लिम्बूमाथि अनुसन्धान भइरहेको दाहालले बताए ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट