Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

गुल्मीको पुर्कोटदह देउरालीको घरमा आगलागी हुँदा वृद्धको ज्यान गयो


बुटवल, २४ भैत । गुल्मीको मदाने गाउँपालिकास्थित पुर्कोटदह देउरालीमा रहेको एक घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा मदाने गाउँपालिका–६ पुर्कोटदह देउरालीका ८३ वर्षीय ज्ञानबहादुर जीसी रहेका छन्। गएराति करिब १० बजेतिर जीसीको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए।

प्रहरीका अनुसार मृतक जीसी घरमा एक्लै बस्दै आएका थिए। उनका २ छोराहरू रोजगारीका लागि विदेशमा छन्। आगलागीबाट ढुंगा माटोले बनेको घर जलेर पूर्ण रुपमा क्षति भएको छ। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #death, #fire

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट