Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एयर डाइनेस्टी हेलिकप्टरको अवतरण गर्नेबेला पंखाको टुक्रा खस्यो


कठामाडौं । ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा एयर डाइनेस्टी हेलिकप्टरको पछाडिपट्टिको पंखाको टुक्रा खसेको छ।

शनिबार दिउँसो पौने २ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरण गर्न लागेको थियो।

अवतरण गर्नेक्रममा पछाडिपट्टिको टुक्रा खसेर छिमेकीको घरको छतमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उक्त हेलिकप्टर डाक्टर लिएर भरतपुर जान लागेको थियो। त्यसैबीच हेलिकप्टरको केही भाग झरेपछि अर्कै हेलिकप्टर पठाइएको छ।
प्राप्त जानकारी अनुसार हेलिकप्टर दुर्घटना भएको नभएर ल्यान्ड गर्दाखेरी पुच्छरको एउटा भाग चाहिँ अर्काको घरमा खसेको र उनले अहिले प्राविधिकहरूले के–के भएको छ भनेर निरीक्षण गर्दैछन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट