Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विद्यालयले अभिभावकलाई किताब र पोसाकसमेत तोकेकै स्थानबाट किन्न बाध्य गराएको गुनासो छ : बालेन साह


काठमाडौं, २६ चैत । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले महानगर क्षेत्रका विद्यालयले अभिभावकलाई किताब बेच्ने गरेको र पोसाकसमेत उनीहरूले तोकेकै स्थानबाट किन्न बाध्य गराएको गुनासो आएको बताएका छन्।

मेयर शाहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत त्यसो गर्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ बमोजिम दण्डनीय भएको स्मरण पनि गराएका छन्। विद्यालयहरूलाई सो निर्देशिकाबमोजिम कार्य गर्नरगराउन पनि उनले अनुरोध गरेका छन्।

‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटकपटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ’, मेयर शाहले भनेका छन्, ‘साथै, सम्पूर्ण विद्यालयहरूलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्नगराउन हुन अनुरोध छ।’


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट