Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बाँकेको बकसपुर बस्तीमा आगलागी, चार वटा घर जलेर नष्ट


बाँके । बाँकेको जानकी गाउँपालिका–५ मा रहेको बकसपुर बस्तीमा आगलागी भएको छ । हिजो दिउँसो भएको आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने दुई घरमा सामान्य क्षति पुगेको छ ।

आगलागीबाट दुईवटा बाख्रा र केही कुखुरा मरेका गाउँपालिकाका प्रवक्ता तथा वडा नंं ५ का अध्यक्ष टीकानाथ यादवले बताए । उनका अनुसार हिजो दिउँसोदेखि सुरु भएको आगो हिजो बेलुका निभाइएको थियो ।

कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाबाट गएको तीनवटा दमकल, प्रहरी र स्थानीयवासीको समूहले आगो निभाएको हो । आगलागीले घरमा पूर्ण रुपमा क्षति पुगेपछि विस्थापित भएका अग्निपीडितलाई २५ किलो चामल, रहरको दाल पाँच किलो, दुई प्याकेट नुन, खाने तेल पाँच लिटर, आलु १० किलो, बेसार, खुर्सानी एक–एक प्याकेट, त्रिपाल एक–एक थान, भुजा एक प्याकेट र चिनी एक किलो तत्काल राहत पुर्‍याइएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए ।

 


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट