Techie IT
  • ४ वैशाख २०८१, मंगलबार
Jhilko

ललितपुरमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान


काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ ।

आज, भोलि र पर्सि खोप अभियान चल्ने महानगरपालिकाले जनाएको छ । महानगरले सबै खोप केन्द्रमा फाइजर कम्पनीको खोप दिने जनाएको छ । पहिलो मात्रा लगाएको तीन महिना पूरा भएका र बुस्टर मात्रा लगाएर ६ महिना पूरा भएकालाई लक्षित गरेर खोप अभियान चलाउन लागिएको हो ।

यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि आज, भोलि र पर्सि कोरोनाविरुद्धको बुस्टर मात्रा खोप कार्यक्रम सञ्चालन गर्दैछ । १० वटै वडाका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा खोप कार्यक्रम हुनेछ । पहिलो बुस्टर मात्रा नलगाएका तथा बुस्टर मात्रा लगाएको ६ महिना पूरा भएकाहरुले खोप लगाउन सक्ने महालक्ष्मी नगरपालिकाले जनाएको छ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट