Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

‘फोरजी’ सेवा आउँदो वर्षको सुरुमै शत प्रतिशत पुर्याउने टेलिकमको तयारी


काठमाडौं । नेपाल टेलिकमले ‘फोरजी’ सेवा आउँदो वर्षको सुरुमै शतप्रतिशत पुर्याउने तयारी गरेको छ । अब १४ वटा पालिकामा फोरजी सेवा पुग्न बाँकी रहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । उनका अनुसार ७७ जिल्लाका सात सय ३९ पालिकामा सेवा विस्तार भएको छ। अति विकट क्षेत्रका १४ पालिकामा सेवा पुर्याउन बाँकी छ । यी क्षेत्रमा पनि विस्तार गर्नका लागि सम्भाव्यता अध्ययन गरी कार्यान्वयनको काम अघि बढेको छ ।

फोरजी सेवा अहिले ९९ प्रतिशत सम्पन्न भएको र बाँकी जिल्लामा योजना कार्य पूरा गरी कार्यान्वयनको क्रममा रहेको प्रवक्ता अधिकारीले बताए । सुगमदेखि दुर्गम र विकट ठाउँमा एउटै मूल्यमा दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा फोरजी विस्तारको कार्यअघि बढाएको थियो ।

मोबाइल सेवामा अत्याधुनिक प्रविधि र अतिरिक्त सुविधासहित फोरजी सेवाका लागि आवश्यक परियोजना सुरु गरेको हो । टेलिकमले पहिलो पटक काठमाडौं र पोखरामा २०७३ साल पुस १७ गतेदेखि फोरजी सेवा सुरु गरेको थियो।

ग्राहकलाई डिजिटल फ्रेमवर्कमा जोड्नका लागि आउँदो वर्षमा बाँकी पालिकामा फोरजी सेवा र अप्टिकल फाइबर पुर्याउने काम प्राथमिकताका साथ अगाडि बढाउने प्रवक्ता अधिकारीले बताए । देशैभर टेलिकमले विस्तार गर्ने फोरजीको नेटवर्क पाँचौँ पुस्ताको अत्याधुनिक फाइभजी सेवा विस्तार गर्नका लागि पूर्वाधारका रूपमा उपयुक्त हुने टेलिकमले जनाएको छ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट