Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

महोत्तरीको सोनमा गाउँपालिका : वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ


महोत्तरी, २८ चैत । महोत्तरीको सोनमा गाउँपालिका–३ का वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन्।

वडाध्यक्ष रामप्रमोद सहनीका १९ वर्षीय टोरा सुजितकुमार पक्राउ परेको प्रहरीले जनाएको हो। उनलाई गौशाला नगरपालिका–२ निगौल चोकबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिए।

सहनीले ज ७ प १२१४ नम्बरको रातो रंगको अपाचे मोटरसाइकल डोर्‍याउँदै लगिरहेको अवस्थामा निगौल चोकमा चेकजाँचको क्रममा शंका लागि प्रहरीले सोधपुछ गर्दा चोरीको मोटरसाइकल भएको खुलेको थियो। गौशाला नगरपालिका–५ शिवभक्ति खोरबाट चोरी गरेर मोटरसाइकल ल्याएको बताएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट