Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो


पर्वत, २९ चैत । पर्वतको महाशिला गाउँपालिकामा गएराति जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन्।

सदरमुकाम कुश्मा बजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नम्बरको जीप महाशिला–५ काहुलेमा दुर्घटना भएको हो। दुर्घटनामा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए। दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट