Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सिन्धुलीमा कार दुर्घटना, चार जना भारतीय नागरिकको मृत्यु


सिन्धुली । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गएराति साढे १२ बजे पूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नं. भारतीय कार सडकबाट ५ सय फीट तल खसेर दुर्घटना भएको हो ।

५ जना सवार कारमा ३ जनाको घटनास्थलमै ज्यान गएको र २ जनाको उद्धार गरि उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएकोमा १ जनाको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

घाइते अर्का एक जनाको उपचार भइरहेको छ । दुर्घटनामा परेका कसैको पनि परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट