Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

उद्योग वाणिज्य महासंघको नेतृत्त्व चयनका लागि मतदान सुरु


काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्त्व चयनका लागि मतदान सुरु भएको छ ।

एक जना वरिष्ठ उपाध्यक्षसहित ५९ पदाधिकारी चुन्न बिहान ८ बजेदेखि ४ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका लागि मतदानको समय तोकिएको भए पनि कर्मचारी ढिला आएको भन्दै १० बजेपछिमात्रै मतदान सुरु भएको थियो ।

मतदानमा एसोसियटबाट १७४८ जना, जिल्ला नगरबाट ११७जना, वस्तुगततर्फबाट १२३ जना, द्धिराष्ट्रियबाट पाँचजना, गरी जम्मा १९९३ जना सहभागी हुनेछन् । महासंघको विधान अनुसारअनुसार ६३ पदाधिकारीका लागि निर्वाचन हुने भए पनि कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

आज हुने निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुन्नेछ । सर्वसम्मत निर्वाचन हुनेमा कार्यसमिति सदस्यतर्फ लुम्बिनी प्रदेशबाट जम्शेर मिया छन् भने द्विराष्ट्रिय उद्योग वाणिज्य मंघको तर्फबाट सुनिल के।सी।, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल रहेका छन् ।

एक जना वरिष्ठ उपाध्यक्षका लागि व्यवसायी उमेशलाल श्रेष्ठ, उपाध्यक्ष अन्जन श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघईले उमेदवारी दिएका छन् ।तीन जनामध्ये एक जना महासंघको वरिष्ठ उपाध्यक्ष चुनिने छन् । त्यस्तै उद्योग वाणिज्य, बस्तुगत र एसोसिएटमा गरी तीन जना उपाध्यक्षका लागि आठ जनाले उमेदवारी दिएका छन् ।

महासंघको उद्योग वाणिज्यतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी, दिनेश श्रेष्ठ र सुरकृष्ण वैद्य प्रतिस्पर्धामा छन् ।वस्तुगततर्फ मनिषलाल प्रधान, सुकुन्तलाल हिराचन र हेमराज ढकाल प्रतिस्पर्धामा छन् । यस्तै, एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ र भरतराज आचार्य प्रतिस्पर्धामा छन् ।

विधानअनुसार कार्यसमिति सदस्यमा सात प्रदेशबाट सात जना, उद्योग वाणिज्य संघबाट १८ जना, वस्तुगत संघबाट १४ जना, एसोसिएटबाट १९ जना, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक जना र संस्थापक सदस्य समूहबाट एक जना कार्यसमिति सदस्य रहनेछन् ।सात प्रदेशमध्ये लुम्बिनी र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सर्वसम्मत भएका छन् भने संस्थापक सदस्य र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट पनि सर्वसम्मत भएका छन् ।

अब उद्योग वाणिज्य संघतर्फ १८ जनाका लागि ३२ जनाले प्रस्तिस्पर्धा गर्दै छन् भने वस्तुगत संघतर्फ १४ जना कार्यसमिति सदस्यका लागि २८ जनाले प्रस्तिस्पर्धा गर्दैछन् ।

त्यसैगरी एसोसिएटतर्फ १९ जनाका लागि ३० जनाले प्रस्तिस्पर्धा गर्दैछन् । विधानअनुसार तीन वर्षपछि अध्यक्ष बन्नको लागि यो अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपर्छ ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट