Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सगरमाथा आरोहणका क्रममा तीन जनाको मृत्यु


काठमाडौं, २९ चैत । सगरमाथा आरोहणका क्रमम आज बिहान हिमपहिरोमा परेर तीन जना शेर्पाको मृत्यु भएको छ ।

क्याम्प एकभन्दा तल पाँच हजार ७ सय मिटरको खुम्बु आइसफलमा हिमपहिरोमा परी खुम्बु पासाङ गाउँपालिका ५ का तेम्वा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पाको मृत्यु भएको सगरमाथा आधार शिविरबाट लाक्पा शेर्पाले जानकारी दिए ।

मृतकको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास गरिए पनि शव निकाल्न नसकिएको उद्धारकर्ता शेर्पाले बताए ।

क्याम्प १ तर्फ जानेक्रममा एक्कासी हिमपहिरो आएपछि तीनै जना शेर्पा करिब ५० मिटर तल बगेर पुरिएपछि शव निकाल्न नसकिएको शेर्पाले जानकारी दिए । इमाजिन ट्रेक प्रालिबाट हिमाल आरोहणका लागि तीनै जना शेर्पाहरु गाइडको रुपमा चुचुरोतर्फ हिँडेका थिए ।


क्याटेगोरी : पर्यटन, समाचार, कोशी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट