Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

वाग्मतीमा लाइसेन्स पाउन कठिन, सवारी कर बुझाउन त झनै सास्ती


काठमाडौं, २९ चैत । दोलखा चरिकोटकका सन्तोष खड्काले वाग्मती प्रदेश यातायात व्यवस्था सेवा कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमतिपत्र २०६९ सालमा लिएका हुन । उनले यसअघि दुई पटक आफ्नो चालक अनुमतिपत्र नवीकरण गरिसकेका छन् । तर, प्रत्येक पटक चालक अनुमतिपत्र नवीकरण गर्दा अनावश्यक सास्ती भोगेका छन् । यातायात कार्यालय एकान्तकुनामा भेटिएका उनले सुनाए, ‘वाग्मती प्रदेशअन्तर्गतको देशकै राजधानी र सबैभन्दा बढी बसोबास भएको उपत्यकामा जनघनत्वको अनुपातमा सेवा कार्यालयहरु नहुनुले टाढाबाट आउनुपर्ने हामीले राज्यका नालायकीको कारणले दुःख भोग्नुपर्यो !’

त्यस्तै किसिमको सास्ती पथरी शनिश्चरेका राजेन्द्र माझीको पनि रहेको सुनाए । उनीहरु दुवैजनाको दुःखेसो सारमा एउटै थियो । माझीले भने, ‘कर्मचारीहरुमा आफ्नो कामप्रतिको जिम्मेवारीबोध नहुनु पनि समस्या हो । उनीहरु प्रायः जानाजान ढिला गर्दिन्छन् ।’

तर, यस विषयमा वाग्मती प्रदेश अन्तर्गत भक्तपुरमा सहेको सेवा कार्यालयका कर्मचारी भने कार्यालयमा अत्याधिक भिडभाड हुने गरेकाले चाहँदा–चाहँदै पनि सेवाग्राहीलाई द्रुत सेवा दिन नसकिएको बताउँछन् ।

नेपालमै सबैभन्दा सवारी दर्ता वाग्मती प्रदेशमा छ । मुलुककै व्यस्तमध्येको ठाउँ काठमाडौं उपत्यकामा आमसेवाग्राहीले सानो कामको लागि पनि कयौं दिन छुट्याउनुपर्ने अवस्थालाई समयमा निराकरण गर्न नसक्दा राजश्व संकलनमा समेत असर पुगिरहेको छ भने सेवाग्राहीलाई पनि मार परिरहेको छ । यो समस्या निराकरणका लागि वाग्मती प्रदेश सरकारले जनसंख्याको चापलाई मध्यनजर गरेर चाँडोभन्दा चाँडो नयाँ कर संकलन तथा सेवा केन्द्रहरु खोल्न ढिलाइ गर्नु हुँदैन ।

हाल यातायात व्यवस्था विभागले देशका सबै प्रदेशबाट सेवा प्रदान गर्ने गरी अधिकार प्रत्यायोजन गरेको छ । तर, आनुपातिक रुपले अन्य प्रदेशभन्दा सवारी चालक वाग्मती प्रदेशमा बढी रहेको तर सोही अनुपातमा सरकारले सेवाकेन्द्रहरु नखोलिदिएकाले यहाँका सेवाग्राहीले अनावश्यक झन्झट ब्यहोर्नु परेको हो । राज्यलाई कर तिरिसकेपछि नागरिकले छिटो र सहजतापूर्वक सेवा पाउनुपर्नेमा कर तिर्नसमेत लाइन लागेर महिनौंसम्म चक्कर काट्नुपर्ने अवस्था हुनु विडम्बना हो ।

अहिले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न अनलाइन दर्ता गरिसके पनि दशदेखि पन्ध्र दिनसम्म पालो कुर्नुपर्ने अवस्था छ । त्यसपछि अन्य प्रक्रिया वा चरणहरु पूरा गर्न एक सेवाग्राहीले कम्तिमा एक महिनाको समयावधि छुट्याउनु पर्ने अवस्था छ । त्यसैगरी लाइसेन्स नवीकरण गर्न वा प्रतिलिपी पाउन समेत एक महिनाभन्दा बढी कुर्नुपर्ने बाध्यता छ ।

सवारी कर, सवारी दर्तामा पनि उस्तै समस्या :

वाग्मती प्रदेशमा सचाअप (लाइसेन्स) लिन मात्र झन्झटिलो छैन, सवारी कर तिर्न, सवारी दर्ता गर्न पनि झन ठूलो समस्या छ । जनघनत्वको चापलाई विचार गरेर ठाउँ–ठाउँमा कर संकलन केन्द्र नखोलिदिएको हुनाले यो समस्या निम्तिएको हो ।
हाल वाग्मती प्रदेशअन्तर्गत सवारी दर्ता कार्यालय दुईपांग्रे मोटरसाइकल दर्ता कार्यालय मुख्य शहरभन्दा निकै टाढा सतुंगलमा छ भने अर्को एकान्तकुनामा साना तथा मझौला र ठूला सवारी दर्ता कार्यालय छ । यी दुवै स्थानमा बिहानैदेखि सेवाग्राहीको भिड थामी नसक्नुको रहने गरेको छ । अत्याधिक भिडभाडका कारण न त कर्मचारीले सहज काम गर्न पाउँछन् न सेवाग्राही नै खुशी छन् । यो परिस्थितीको लाभ विचौलियाले लिइरहेको जगजाहेर छ । सानो कामको लागि पनि जनताले सास्ती भोग्नुपर्ने अवस्था आउनुमा समग्र वाग्मती प्रदेश अन्तर्गत काठमाडौंका लागि जम्मा दुईवटा मात्र कर संकलन केन्द्र हुनु नै हो ।

नेपालमै सबैभन्दा सवारी दर्ता वाग्मती प्रदेशमा छ । मुलुककै व्यस्तमध्येको ठाउँ काठमाडौं उपत्यकामा आमसेवाग्राहीले सानो कामको लागि पनि कयौं दिन छुट्याउनुपर्ने अवस्थालाई समयमा निराकरण गर्न नसक्दा राजश्व संकलनमा समेत असर पुगिरहेको छ भने सेवाग्राहीलाई पनि मार परिरहेको छ । यो समस्या निराकरणका लागि वाग्मती प्रदेश सरकारले जनसंख्याको चापलाई मध्यनजर गरेर चाँडोभन्दा चाँडो नयाँ कर संकलन तथा सेवा केन्द्रहरु खोल्न ढिलाइ गर्नु हुँदैन ।

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट