Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

रौतहटको गरुडा बजारमा प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रहरीले १६ राउन्ड अश्रुग्यास, एसएलआर र राइफलबाट गोली हान्यो


रौतहट, २९ चैत । रौतहटको गरुडा बजारमा प्रदर्शनकारी र प्रहरीबीच आज भएको झडपमा गोली लागि एक जना घाइते भएका छन् । चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । स्थिति तनाबग्रस्त बनेपछि प्रहरीले १६ राउन्ड अश्रुग्यास, एसएलआर र राइफलले गोली प्रहार गरेको थियो ।

यस क्रममा गरुडा नगरपालिका वडा नम्बर ५ स्थित लक्ष्मीपुरका २२ वर्षीय गजेन्द्र यादवको दाहिने हातमा गोली लागि घाइते भएका हुन् । यादवलाई उपचारका लागि अस्पताल लागिएको छ ।मेयरका उम्मेदवार दीपक यादवको टोलीले गरुडा नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । यादवको टोलीले सूचनाको माग गर्दै केही दिनदेखि नै नगरपालिपकाविरुद्ध प्रदर्शन गर्दै आएको छ ।

प्रदर्शनकारीहरुले नगरपालिकामा ढुङ्गामुढा गर्दा कार्यालयको गाडी र झ्यालको सीसासमेत फुटेको छ ।नगरपालिकामा भएको कमको गतिविधिको सूचना माग्दै यादव आमरण अनसनसमेत बसेका थिए । झडप पछि यादव लगायत ४ जनालाई पक्राउ गरेको इलाका प्रहरी गरुडाले जनाएको छ ।

प्रहरी निरीक्षक वीरेन्द्र पासवानले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र हवाई फायर गरेको बताए । गोली लागेकोबारे अनुसन्धान भइरहेको उनको भनाइ छ । अहिले अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट