Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । बुधवार दोस्रो चरणको चुनाव हुनुभन्दा अघि गरिएको सहमतिको प्रयास सफल गएपछि श्रेष्ठ महासङ्घको वरिष्ठ उपाध्यक्षमा चयन भएको घोषणा गरिएको हो । उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गरेपछि उनी निर्विरोध चयन भएका हुन्।

यसअघि बुधवार नै भएको चुनावको पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि दिउँसो २ बजेका लागि दोस्रो चरणको चुनाव हुने तय भएको थियो । पहिलो चरणको त्रिपक्षी प्रतिस्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई थिए । पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको चुनाव हुने तय भएको थियो ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

 


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट