Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

उद्योग वाणिज्य महासंघको २० औं अध्यक्षमा चन्द्र ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको २० औं अध्यक्ष चन्द्रप्रसाद ढकाल बनेका छन् । महासङ्घको ५७ औं साधारणसभा र निर्वाचन सकिएसँगै ढकाल २० औं अध्यक्ष बनेका हुन् । ढकाललाई महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनियताको सपथ खुवाएसँगै ढकाल अध्यक्ष बनेका छन् ।

२०७७ सालमा सम्पन्न महासंघको चुनावबाट ढकाल वरिष्ठ उपाध्यक्ष बनेका थिए । वरिष्ठ उपाध्यक्ष सर्वसंवत अध्यक्ष बन्ने प्रावधानअनुसार ढकाल बिहीबारबाट अध्यक्ष बनेका हुन् । ढकालले सपथ खुाएसँगै गोल्छा निवर्तमान अध्यक्ष बनेका छन् ।

अध्यक्ष पदको सपथ लिएसँगै ढकालले सर्वसम्मतरुपमा वरिष्ठ उपाध्यक्ष चुन्न ठूलो मेहनेत गरेको बताए । यसका लागि लामो समयदेखि आफूले प्रयास गरेपनि आज सफल बनेको ढकालको भनाई छ । सर्वसम्मत नेतृत्व चुन्न गरेको प्रयासमा उमेशलाल श्रेष्ठको ठूलो योगदान रहेको उनले बताए ।

यो अभियानमा आफूलाई पूर्व अध्यक्षहरूले समेत साथ दिएको ढकालले स्मरण गरे । २० औं अध्यक्षका रुपमा आजदेखि कार्यभार सम्हाल्ने जिम्मेवारी आएको बताउँदै उनले भावी दिनमा महासंघको छवि अझै उच्च बनाउने बताए ।

 


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट