थ्रेसरमा बेरीएर कपिलवस्तुमा एक महिलाको मृत्यु

कपिलवस्तु १ वैशाख । गँहू बालीमा लगाउँदै गरेको थ्रेसरमा बेरीएर कपिलवस्तुमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ बठनपुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा सोही पालिका वडा नम्बर ४ गजेहडाकी ५० बर्षीया पार्वती नेपालीको मृत्यु भएको हो ।
बिहीबार दिउँसो करिब ३ बजे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । लु ४ त ३३७७ नम्बरको ट्र्याक्टर जडित थ्रेसरको पुल्लीमा हात परेपछि नेपालीको मृत्यु प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताए।
प्रहरीले ट्रयाक्टर चालक राजकुमार थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #death
प्रतिक्रिया