Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

रामेछापमा सांस्कृतिक तथा सडक महोत्सव सुरु


रामेछाप, १ वैशाख । रामेछापमा शुक्रबारदेखि सांस्कृतिक तथा सडक महोत्सव सुरु भएको छ। नयाँ वर्ष २०८० सालका अवसरमा महोत्सव आयोजना गरिएको हो। महोत्सव शनिबार साँझसम्म सञ्चालन हुने छ।

प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङले उद्घाटन गरे। महोत्सवमा रामेछापकाका ९ वटा जातजातिको झाँकी एवं जातीय संस्कार झल्कने नृत्य प्रस्तुत गरिएको छ।

१९ वटा स्टलमा जिल्लामा उत्पादन गरिएका उत्पादित खाद्यान्न तथा हस्तकलाका वस्तुहरू राखिएको छ। जातीय पहिचान झल्कने खानेकुराहरू पनि राखिएको छ।

समारोहमा झन्डै २ हजारको सहभागिता रहेको आयोजक रामेछाप उद्योग वाणिज्य संघ रामेछापका सचिव यज्ञप्रसाद सुवेदीले जानकारी दिए।

 


क्याटेगोरी : समाचार, साहित्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट