Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

रौतहटमा विवाद हुँदा गोली चल्योः एक जनाको मृत्यु, तीन घाइते


जनकपुरधाम । रौतहटको गढीमाईमा नगरपालिकामा जग्गा विवादलाई लिएर दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
धनगढीमाई नगरपालिका वडा नम्बर ८ धोबिनियामा जग्गा विवादलाई लिएर दुई समूहबिच विवाद भएपछि गोली चल्दा एक जनाको मृत्यु भएको हो। त्यस्तै तीन जना घाइते भएको हो ।

अवैध हतियारबाट गोली हानाहान हुँदा धनगढीमाई नगरपालिका ८का रामकुमार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घाइते भएका तीनै जनाको उपचार गरुडास्थित ग्राण्डी अस्पतालमा भईरहेको छ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट