Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

भीरबाट लडेर म्याग्दीमा एक जनाको ज्यान गयो


बेनी, ३ वैशाख । भीरबाट लडेर म्याग्दीको धवलागिरी गाउँपालिकामा एक युवाको ज्यान गएको छ । प्रहरीका अनुसार धवलागिरी गाउँपालिका–४ खाम्लाको भीरबाट लडेर सोही वडाको नाउराका अन्दाजी २४र२५ वर्षीय महेन्द्र दर्जीको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक किरन लामाका अनुसार शनिबार दिउँसो मृत भेटिएका दर्जीको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । अनुसन्धानका लागि आइतबार घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

मृतक दर्जी खाम्लामा आयोजित मेला हेर्नका लागि आएका थिए । परिवारका सदस्यले दर्जीको मृत्युलाई शंकास्पद भनेर अनुसन्धानका लागि प्रहरीमा उजुरी गरेका छन् ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट