Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्मार्ट टेलिकमको लाइन्सेन्स खारेज, सम्पत्ति राष्ट्रियकरण


काठमाडौं, ४ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज गरेको छ । लाइसेन्स नवीकरणका लागि स्मार्टले ठूलो रकम तिर्नुपर्ने थियो । तर, नविकरणको लागि शुल्कसहित आवेदन नदिएपछि प्राधिरकणले दूरसञ्चार ऐनअनुसार लाइसेन्स खारेज गरिदिएको हो । लाईसेन्स खारेज भएपनि सो कम्पनीको मोवाईल सर्भिस भने १५ दिनसम्मा सञ्चालन गर्न दिने भएको छ ।

लाईसेन्स खारेजीसँगै प्राधिकरणले उक्त कम्पनीको लाईसेन्स र सम्पत्ति नियन्त्रणमा लिएको छ । लाल साहु डिस्ट्रिब्युटर प्रालि सिंगापुरको ७० तथा जिल्याटको १० प्रतिशतसहित सचिनलाल आचार्यको स्क्वायर नेटवर्क प्रालिको २० प्रतिशत सेयर रहेको थियो ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट