Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक प्रहरीको नियन्त्रणमा


चितवन, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सभापति रवि लामिछानेका चालक तीन तलाको घरको छतबाट खसेको घटनामा अनुसन्धान गर्न महामन्त्री ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी सभापति लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापासँगै सुतेका थिए । घाइते भएका चालक थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट लामिछानेका चालक थापा खसेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट