Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु


काठमाडौं । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेहरूमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–१० का २६ वर्षका अमृत मण्डल, उनकी श्रीमती २४ वर्षकी अञ्जु मण्डल र भतिजी छ वर्षकी अंशु मण्डल रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता दिलिप गिरीले जानकारी दिए ।

बुधवार दिउँसो गौशाला सम्सी सडक खण्डको रेल्वे ट्र्याक नजिक बा ३ ख २३९६ नम्बरको बसले मधेस प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएका तीनै जनाको उपचारका क्रममा मृत्यु भएको डीएसपी गिरीले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट